Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

भारतीय एक्जिम बैंकले ऋण दिँदा राखेका सर्तहरु पुनरवलोकन हुने

२०८० पुष १९ गते

बैंकिङ खबर/भारतीय एक्जिम बैंकले ऋण दिँदा राखेका सर्तहरु पुनरवलोकन हुने भएको छ। नेपालले पूर्वाधार निर्माणमा ऋण सहयोग गर्दा राखेका सर्त पुनरवलोकनको माग गर्दै आएकोमा संशोधन गर्न भारत तयार भएको हो।
भारतीय एक्जिम बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा एक दर्जन बढी आयोजना सञ्चालनमा छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एक्जिम बैंकको ऋण सर्तले आयोजनाको निर्माणमा ढिलाइ भइरहेको बताउँदै आएको छ।