Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा चार सञ्चालक निर्वाचित

२०८० पुष १९ गते

बैंकिङ खबर/नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) मा चार जना सञ्चालक निर्वाचित भएका छन् । बैंकको पुस १७ गते सम्पन्न पाँचौं वार्षिक साधारण सभाबाट संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने तीन र सर्वसाधारण सेयरधनीतर्फ एक जना सञ्चालकहरू निर्वाचित भएका हुन् ।

बैंकले संस्थापक समूहबाट प्रतिनिधित्व गर्नेगरी विशाल ग्रुपबाट अनुज अग्रवाल, ग्लोबल आइएमई बैंकबाट रत्न राज बज्राचार्य र इमर्जिङ्ग नेपाल लिमिटेडबाट लालमणि जोशीलाई आगामी चार वर्षे कार्यकालका लागि सञ्चालक निर्वाचित गरेको कम्पनी सचिव इश्वरबन्धु गौतमले जानकारी दिए ।

सोही सभाबाट रिक्त सर्वसाधारण सेयरधनीतर्फ साविक सञ्चालकको बाँकी कार्यकालका लागि प्रवीण सुवेदीलाई नियुक्त गरेको छ । साथै स्वतन्त्र सञ्चालक शंकर प्रसाद अधिकारीको पदावधि पुस १७ गतेदेखि सकिएको समेत बैंकले जनाएको छ ।

यससँगै बैंकमा स्वतन्त्र सञ्चालक पद रिक्त भएको छ । सभाले सञ्चालक समितिले प्रस्ताव गरेकोचुक्ता पुँजीको ४.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।