Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

चालु वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हुने सम्भावना बढ्यो : अर्थमन्त्री

२०८० पुष १३ गते

बैंकिङ खबर/अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हुने सम्भावना बढेको बताएका छन्। शुक्रबार काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाजको २० औँ साधारणसभालाई सम्बोधन गर्दै उनले यसो भनेका हुन्।

अर्थतन्त्र बिस्तारै लयमा फर्किरहेकाले चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल हुने सम्भावना बढेर गएको उनले बताए। महतले मुलुकको आर्थिक अवस्था निराशाजनक नरहेको पनि दाबी गरे। सामाजिक सञ्जालमा नकारात्मक कुरा भए पनि तथ्यले मुलुकको अर्थतन्त्र लयमा फर्किँदै गएको देखिएको उनले बताए।