२०८० पुष १२ गते

बागलुङ बलेवामा उन्नति सहकार्य लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बैंकिङ खबर/हाल लघुवित्त कार्यक्रमबारे फैलिएका विभिन्न भ्रम चिर्ने उद्देश्यले उन्नति सहकार्य लघुवित्तको नारायणस्थान बलेवा बागलुङ शाखाले बागलुङ जिल्लाको बागलुङ नगरपालिका वडा नम्बर १३ बलेवामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा संस्थामा आबद्ध सदस्य, अभिभावक, स्थानीय उद्यमी, व्यवसायी, विभिन्न संघ संस्थाका प्रतिनिधिमाझ भएको कार्यक्रममा लघुवित्तको महत्त्व र कर्जाबारे जानकारी गराइएको थियो ।

वित्तीय संस्था को बागलुङ कलस्टर प्रमुख जय बहादुर विटालु (विजय)ले लघुवित्तको कर्जा सदुपयोग गरी उद्यमी बनेकाहरूको चर्चा गर्नुका साथै ऋण नतिर्दा पर्नसक्ने असरबारे बताएका थिए ।

उनले भने, ‘लघुवित्तहरूले देशको गरिबी घटाउनु को साथै अशिक्षित जनतालाई शिक्षित,बेरोजगारी युवाहरुलाई रोजगारी दिन योगदान गरेका छन् । पछिल्लो समय लघुवित्तलाई बदनाम गराउने गरी भ्रम फैलाइएको छ । यसको पछि लाग्न हुँदैन । लघुवित्त त विपन्न र मध्यम आय भएका नागरिकको प्रगतिका सारथी र गरिव महिलाको माहिती समेत हुन् ।’

लघुवित्त संस्था विरुद्ध संघर्ष समितिमा आबद्धहरूले कर्जा नतिरेर संस्थासँगै राज्यलाई नै आर्थिक भार बोकाउन लागेको भन्दै यस्ता गतिविधिविरुद्ध सम्पूर्ण लघुवित्तकर्मी एक हुनुपर्ने धारणा संस्थाका सदस्यहरूले राखेका थिए । सरकारले पनि बैंक तथा वित्तीय संस्था विरोधी गतिविधि माथि कडाइ गर्नुपर्ने स्थानीयको माग थियो ।