Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

हालसम्म ७ विकास बैंकद्वारा लाभांश घोषणा

२०८० पुष ९ गते

बैंकिङ खबर/ नेपाल स्टक एक्स्चेन्जमा कुल १५ वटा विकास बैंक सूचीकृत छन् । तीमध्ये ७ वटा विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेका छन् भने दुई वटाले लाभांश नदिने घोषणा गरेका छन् । बाँकी धेरै विकास बैंकले लाभांश दिन सक्ने अवस्था छैन । ज्योति विकास बैंक र सप्तकोशी विकास बैंकले यसपटक लाभांश नदिने निर्णय गर्दै साधारणसभा बोलाएका छन् । लाभांशमा अधिकांश विकास बैंकले सेयर बोनसलाई प्राथमिकता दिएका छन् ।

लाभांश घोषणा गरेका ७ विकास बैंकमध्ये पनि ३ वटा विकास बैंकको सेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) भइसकेको छ । सांग्रिला, मितेरी र साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको बुक क्लोज भइसकेकाले अब सेयर खरिद गर्नेले लाभांश पाउँदैनन् । बाँकी ४ वटा विकास बैंक मुक्तिनाथ, गरिमा, महालक्ष्मी र लुम्बिनी विकास बैंकको भने बुक क्लोज भइसकेको छैन । अहिले पनि सेयर खरिद गर्नेले यी ४ कम्पनीको लाभांश पाउने र साधारणसभामा भाग अधिकार राख्दछन् ।

विकास बैंक सेयर बोनस प्रतिशत नगद लाभांश प्रतिशत
साइन रेसुङ्गा (क्लोज्ड) १०.५ ०.५५
सांग्रिला  (क्लोज्ड) ०.२६३
मितेरी (क्लोज्ड) ९.५ ०.५
लुम्बिनी विकास ४.५
गरिमा ९.५ ०.५
महालक्ष्मी ६.४
मुक्तिनाथ ९.७५ ०.५१३