
बैंकिङ खबर/लघुवित्त वित्तीय संस्थाहरूका प्रमुख कार्यकारी अधिकृत (सिइओ)हरूको सङ्गठन नेपाल लघुवित्त बैङ्कर्स संघको १७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । पुस ६ गते द एभरेष्ट होटल, नयाँ बानेश्वर काठमाडौँमा सम्पन्न सभाले नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) राम बहादुर यादवको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।
त्यसैगरी संघको उपाध्यक्षमा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका रामहरि दाहाल, महासचिवमा जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्जय कुमार मण्डल, कोषाध्यक्षमा हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडका विनोद आचार्य र सचिवमा महुली लघुवित्त वित्तीय संस्था लिमिटेडका गंगाधर पाण्डे निर्वाचित भएका छन् ।
त्यस्तै, आशा लघुवित्त वित्तीय संस्था लिमिटेडका बद्री प्रसाद दुलाल, ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका श्याम कुमार कटुवाल, उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडकी शारदा कुमारी खत्री, धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडका सुरेश बहादुर बम, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडका शोगत बिर चौधरी र आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड शिव प्रसाद ज्ञवाली सदस्यमा निर्वाचित भएका छन् ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र, नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठ, नेपाल राष्ट्र बैंक लघुवित्त संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक, रेवती प्रसाद नेपाल, नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरूप्रसाद पौडेल तथा माईक्रोफाईनान्स एसोसिएसन अफ नेपालका अध्यक्ष जगत बहादुर पोखरेलले शुभकामना मन्तव्य राखेका थिए ।
त्यस्तै, राष्ट्र बैंकका डेपुटी गभर्नर मिश्रले लघुवित्त वित्तीय संस्थाहरूले देशको ७७ वटै जिल्लाबाट वित्तीय सेवा उपलब्धता गराएता पनि अझै करिब १०० वटा पालिकामा वित्तीय सेवा पुग्न नसकेको भन्दै सबै गाउँपालिकामा वित्तीय सेवा उपलब्ध गराउनु पर्ने आवश्यकता रहेको बताए ।
साथै, संघका कार्यवाहक अध्यक्ष राम बहादुर यादवकोे अध्यक्षतामा सञ्चालन भएको सभाको बन्द सत्रले आ.व. २०७९/८० को वार्षिक प्रतिवेदन तथा लेखा परीक्षण प्रतिवेदन र आ.व. २०८०/८१ को वार्षिक कार्यक्रम तथा बजेट पारित गरेको छ ।




