Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

श्रीलंकाली बैंकको अध्यक्षमा चौधरी ग्रुपका निर्वाण चौधरी नियुक्त

२०८० पुष ८ गते

बैंकिङ खबर/ श्रीलंकाली बैंक युनियन बैंकको अध्यक्षमा चौधरी ग्रुपका निर्देशक निर्वाण चौधरी नियुक्त भएका छन्। बैंकले विज्ञप्ति जारी गर्दै चौधरीलाई डिसेम्बर २१ देखि लागू हुने गरी अध्यक्ष नियुक्त गरिएको जनाएको हो।

गत अक्टोबरमा चौधरी सोही बैंकको बोर्डमा गैरकार्यकारी एवं गैरस्वतन्त्र निर्देशक नियुक्त भएका थिए। चौधरीसँग व्यवसाय क्षेत्रमा लामो समय काम गरेको अनुभव रहेको बैंकले जनाएको छ। उनी अहिले चौधरी ग्रुपका निर्देशक रहेका छन्। उनले काठमाडौं विश्वविद्यालयबाट बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर गरेका छन् भने लण्डन बिजनेस स्कुल बेलायत र अमेरिकाको म्यासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीबाट आन्ट्रप्रेनरियल मास्टर्स प्रोग्राम गरेका छन्। चौधरीसँगै युनियन बैंकले मलाय मुखर्जी र सञ्जय पोखरेललाई आफ्नो बोर्डमा स्वागत गरेको छ।