Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बैंकर्स संघको सदस्यमा पाँच जना सीईओ निर्वाचित

२०८० पुष ८ गते

बैंकिङ खबर/वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुको छाता संस्था नेपाल बैंकर्स संघको नयाँ सदस्यमा पाँच जना सीईओ निर्वाचित भएका छन् । शनिबार भरतपुरको सौराहमा भएको संघको ३७ औँ वार्षिक साधारणसभाले संघको कार्यसमितिमा पाँच जनालाई निर्वाचित गरेको हो ।

जसमा प्रभु बैंकका सीईओ अशोक शेरचन, प्राइम कमर्सियल बैंकका सीईओ सञ्जिव मानन्धर, सिद्धार्थ बैंकका सीईओ सुन्दरप्रसाद कँडेल, सानिमा बैंकका सीईओ निश्चलराज पाण्डे र राष्ट्रिय वाणिज्य बैंकका सीईओ किरणकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।

संघका सदस्य लक्ष्मी सनराइज बैंकका सीईओ अजय शाह र एनआईसी एशिया बैकका सीईओ रोशनकुमार न्यौपानेको कार्यकाल पुरा भएको छ । त्यस्तै, नेपाल एसबीआई बैंकका सीईओ दीपककुमार डे र एभरेष्ट बैंकका सीईओ सुदेश खालिङ सदस्यमा यथावत रहेका छन् ।