Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

‘ऋण लगानीलाई उत्पादनमा जोड्नुपर्छ’

२०८० पुष ६ गते
 

बैंकिङ खबर/पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल अहिले नै वैदेशिक सहायता नलिने अवस्थामा नरहेको बताएका छन् । शुक्रबार एक्सन एडले आयोजना गरेको एक कार्यक्रममा उनले नेपालले अनुदान नलिन आफ्नो क्षमता विकास गर्नुपर्नेमा जोड दिए ।

निरन्तर आर्थिक वृद्धि १० देखि १३ प्रतिशतसम्म भए सहायता आवश्यक नपर्ने उनले उल्लेख गरे । ऋण पनि आवश्यकताअनुसार लिनुपर्ने र त्यो तिर्ने क्षमता विकास गर्दै जानुपर्ने उनले बताए ।

उनले भारतको वैदेशिक ऋण जीडीपीको ७० प्रतिशत भएको उदाहरण दिए । नेपालले तिर्ने क्षमता विकास गर्दै ऋण लगानीलाई उत्पादनमा जोड्नुपर्ने उनले बताए ।