Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

शाखा विस्तारसँगै डिजिटलमा फड्को मार्न सफल ग्लोबल आइएमई बैंक

२०८० पुष ३ गते

बैंकिङ खबर/ पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको शाखा विस्तार तीव्र रुपमा भइरहेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकलाई हेर्दा २० वटा वाणिज्य बैंकहरुको शाखा ५ हजार ८ पुगेको छ । यसरी शाखा विस्तारमा अब्बल बैंकमध्ये एक बैंकका रुपमा लिन सकिन्छ ग्लोबल आइएमई बैंकलाई ।

बैंकले आफ्ना ग्राहकहरुलाई केन्द्रमा राखेर शाखा विस्तारलाई तीव्रता दिइ राखेको छ । आज शहर बजार होस् या गाउँ बस्ती जताततै ग्लोबल आइएमई बैंकको शाखा देख्न सकिन्छ । शाखा विस्तारसँगै बैंकले आफ्नो गुणस्तरिय सेवालाई पनि बढाउँदै लगेको छ । बैंकले हालै मात्र बैतडी जिल्लाको पाटन नगरपालिका वडा नं. ६ स्थित पाटनबजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावलले एक समारोहबिच बैंकको पाटन शाखाको समुद्घाटन गरे ।

यस्तै बैंकले मंसिर महिनामै एकैसाथ चारवटा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौंको बुढानीलकण्ठ र दहचोक, चितवनको शरदपुर तथा तनहुँको आबुखैरेनीमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । नयाँ शाखाबाट सम्पूर्ण बैंकिङ सेवा उपलब्ध भइसकेको बैंकले जनाएको छ । नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या ३५१ पुगेको छ । २०६३ सालमा ‘क’ वर्गको कारोबार इजाजत प्राप्त गरी सञ्चालनमा आएको तत्कालीन ग्लोबल बैंक लिमिटेडले चरम उतारचढाव र अफ्ठ्याराहरुलाई छिचोल्दैँ १७ औँ वर्ष पार गरिसकेको छ ।

पछिल्लो पटक बैंक अफ काठमाडौं लिमिटेडलाई गाभ्दै आफुलाई प्रभावशाली सावित गरेको बैंकले हालसम्म २१ वटा बैंक तथा वित्तीय संस्थाहरुलाई गाभिसकेको छ ।

ग्लोबल आइएमई बैंक जनतालाई कसरी बैंकिङ्ग प्रणालिमा आबद्ध गराउने र बचत गर्न सिकाउने भन्नेतर्फ केन्द्रीत रहँदै आएको छ ।
बैंकले “सबैंका लागि बैंक” भन्ने मुख्य दृष्टिका साथ बैंकका संस्थापक, सञ्चालक, व्यवस्थापन तथा कर्मचारीहरू ग्राहकलाई सर्वसुलभ तथा विशिष्टिगत सेवा प्रवाहमा केन्द्रित भई साच्चिकै सबै नेपाली लगायत अन्य देशका सेवाग्राहीले आफ्नो बैंक भन्ने अपनत्व महसुस गराउन सफल भएको छ ।

हाल अर्थतन्त्रमा प्रतिकुल प्रभाव परेको र सोको प्रभावलाई न्यूनीकरण गर्न ग्राहकमैत्री अत्याधुनिक डिजिटल नवप्रवर्तन सेवा प्रवाहमा लागि बैंक लागि गर्दै आएको छ ।

ग्राहकलाई सर्वसुलभ बैंकिङ सेवाको साथै व्यवसायिक आयका श्रोतमा दिगो वृद्धि भई आफ्ना शेयरधनीहरूलाई सदाझैँ उच्चतम प्रतिफल तथा सुरक्षित लगानीको अनुभुति दिलाउने बैंकको अपेक्षा बैंकले राखेको छ ।

बैंकले स्वदेश तथा विदेशमा रहेका विभिन्न शाखा तथा अन्य सेवा केन्द्र र प्रतिनिधि कार्यालयहरू मार्फत वित्तीय क्षेत्रमा पहुँच विस्तार गर्दै आएको छ । मुलुकभर अझैपनि ठूलो संख्यामा बैंकिङ पहुँच बाहिर रहेका जनतालाई बैंकिङ सेवा प्रदान गर्दै लैजाने नीति प्राथमिकताका साथले बैंकले आफुलाई अगाडि बढाउँदै लगेको छ ।

सूचना प्रविधिको दु्रततर विकासले बैंकिङ्ग क्षेत्रमा असिमित सम्भावनाहरू श्रृजना गरिरहेको परिप्रेक्ष्यमा यस बैंकले सूचना प्रविधि क्षेत्रमा उच्च सफलता हाँसिल गरेको छ । आगामी दिनमा उपलब्ध प्रविधिको अधिकतम सदुपयोग गर्दै बैंकका सम्पूर्ण ग्राहकहरूलाई थप सुरक्षित तथा अत्याधुनिक सेवासुविधा उपलब्ध गराउन बैंक लागि परेको छ ।

कोभिड-१९ आएसँगै आधुनिक नेपालले डिजिटलको दुनियाँमा असाधारण फड्को मारेको छ र सो को प्रत्यक्ष प्रभाव सिंगो बैंकिङ्ग क्षेत्रमा परेको प्रष्ट छ । ग्राहक स्वयम् बैंकमा प्रत्यक्ष उपस्थिति नभएपनि बैंकबाट उपलब्ध धेरै किसिमका सेवाहरू डिजिटलको माध्यमबाट उपलब्ध गराइरहेको र यस्तो किसिमको सेवा शतप्रतिशत विस्तार गर्न बैंक कटिबद्ध आएको छ ।

कर्मचारीको प्रत्यक्ष संलग्नता विना नै नगद पहिचान गरी गणना गर्ने, छान्ने,छाट्ने र सोको भरपाई समेत उपलब्ध गराउने समेतको सेवा दिने क्यास डिपोजिट मेसिन, Outward cheque accept गरी Clearing मा पठाउने लगायतको सेवा दिने Cheque deposit kiosk (Kiosk) खरिदगरी संचालनमा ल्याएका छ । बैंकको नियमित सेवाको लागि उपलब्ध यस किसिमको अत्याधुनिक प्रविधिको प्रयोगले कार्यक्षमतामा वृद्धि गरीसञ्चालन खर्च समेत कटौती हुने बैंकले विश्वास लिएको छ ।

बैंकले आधुनिक प्रविधिमा आधारित कन्ट्रयाक लेस भिसा कार्ड संचालनमा ल्याएको छ । मोवाइल बैंकिङ, क्युआर कोड पेमेन्ट सिस्टम, इन्टरनेट बैंकिङ आदि सेवाहरूलाई थप सहजर परिस्कृत बनाउनुका साथै अन्य यस्तै प्रविधिमा आधारित सुविधाहरू थप्दै लगेको छ । बैंकको Core Banking System– Finacle 7 लाई Finacle Version 10 मा Upgrade गरेको छ ।

बैंकको बढ्दो शाखा सञ्जाल तथा ग्राहक संख्याका कारण आउने चुनौतिहरूलाई सहज बनाएको र सूचना व्यवस्थापनलाई समेत चुस्तदुरुस्त बनाउँदै लगेको छ ।

यसैगरी लामो समयसम्म सुरक्षित गर्नुपर्ने लिखत कागजात(हरू)को सुरक्षणको लागि Centralized Document Repository System प्रयोगमा ल्याएको छ ।

यसरी बैंकले आफ्ना शाखा सञ्जाल विस्तारका साथै बैंकिङ प्रणालीलाई चुस्त दुरुस्त बनाउँदै लगेको छ । ग्लोबल आइएमई बैंक देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

बैंकले ३५१ शाखा, ३६९ एटीएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ६६ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाख भन्दा बढी ग्राहकहरुमाझ उत्कृष्ट सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ ।