
बैंकिङ खबर/गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सातौं वार्षिकोत्सव सम्पन्न गरेको छ । सातौं वर्ष पूरा गरी आठौं वर्षमा प्रवेश गरेको अवसरमा कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. ३२ लामेआहालमा अवस्थित राधाकृण वृद्धाश्रममा जेष्ठ नागरिकहरुका लागी संस्थाका प्रमुख कार्यकारी अधिकृत विष्णु प्रसाद ढकालले एक कार्यक्रमकाबीच वृद्धाश्रम संचालक समितिका अध्यक्ष प्रेम लिगल मार्फत वित्तीय संस्थाले उपलब्ध गराएको सहयोग हस्तान्तरण गरे ।
वि.सं. २०७३ मंसिर २४ गतेबाट प्रथम कारोबार प्रारम्भ गरेको यस वित्तीय संस्थाले हाल २३ वटा जिल्लामा ४३ वटा शाखा कार्यालयहरु मार्फत ग्रामिण क्षेत्रका ३५,२९२ सदस्यहरुलाई वित्तीय सेवा प्रदान गरीरहेको छ ।


