Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

साना किसान विकास लघुवित्तले प्रस्ताव गर्‍यो २० प्रतिशत लाभांश

२०८० मंसिर २४ गते

बैंकिङ खबर/साना किसान विकास लघुवित्तले २० प्रतिशत लाभांश घोषणा गरेको छ। आर्थिक वर्ष २०७९/८० को नाफाबाट लघुवित्तले सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र लाभांश कर प्रयोजनलाई ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो।

आइतबार बिहान बसेको लघुवित्तको सञ्चालक समिति बैठकले लाभांश प्रस्ताव गरेको थियो। लघुवित्तले अघिल्लो वर्ष २६ प्रतिशत बोनस सेयर र १.३५ प्रतिशत नगद गरी कुल २७.३६ प्रतिशत लाभांश दिएको थियो।