Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

लघुवित्तले कर्जा पुनर्संरचना गर्न पाउने

२०८० मंसिर २२ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०–८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक सार्वजनिक गरेको छ। सार्वजनिक भएको मौद्रिक समीक्षाबाट लघुवित्तलाई केही सहुलियत दिएको छ।
लघुवित्त वित्तीय संस्थाले आफ्नो नियमित सम्पर्कमा रहेका तर परिस्थितिजन्य कारणले समस्यामा परी कर्जालाई नियमित गर्न नसकेका ऋणीहरुले कर्जा पुनर्संरचनाका लागि संस्थामा २०८० चैतसम्म निवेदन दिएमा त्यस्ता ऋणीहरुको कर्जालाई पुनर्संरचना गर्न सक्ने व्यवस्था गरिने भनिएको छ।