Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

घरजग्गा कर्जाको जोखिम भार पनि घट्यो, ५० लाखसम्मको ऋणमा सहजीकरण

२०८० मंसिर २२ गते

खबर/ राष्ट्र बैंकले रियल स्टेट (घरजग्गा) कर्जामा कर्जाको जोखिम भार घटाएको छ। मौद्रिक नीतिको तीन महिने समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने रियल स्टेट कर्जाको जोखिम भार घटाई १२५ प्रतिशत कायम गरिने भएको हो।

यसअघि यस्तो कर्जाको जोखिम भार १५० प्रतिशत थियो। त्यस्तै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको हकमा मासिक किस्ता आम्दानी अनुपात बढाई ६० प्रतिशत कायम गरिने उल्लेख गरेको छ।