
बैंकिङ खबर/गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंक बैंकर र व्यवसायी छुट्याउने नीतिअनुसार नै अघि बढ्ने बताएका छन् ।
संसदको अर्थ समितिमा हिमालयन बैंकमा रहेको पाकिस्तानको हबिब बैंकको सेयर हिमालयन रि-इन्स्योरेन्सले किन्न खोजेको विषयमा सांसद् डा. स्वर्णिम वाग्लेले राखेको प्रश्नमा उनले यस्तो बताएका हुन् ।
हिमालयन रि-इन्स्योरेन्सले बैंकको सेयर किन्ने सम्झौता भएर पूर्वस्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाइएको बैंकले जनाएको छ । तर यस विषयमा आधिकारिक जानकारी नआएको गभर्नर अधिकारीले बताए । ‘तर हामीले बैंकर र व्यवसायी छुट्याउने दिशामा नै जानुपर्ने हुनाले स्वार्थ बाझिने देखियो भने किन्न दिइने छैन,’ उनले भने ।
यसअघि बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन संशोधनका क्रममा नै बैंकर र व्यवसायी छुट्याउने प्रयास भएको तर नसकिएको उनले बताए ।




