Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

यी हुन् लाभांश घोषणा गर्ने ६ माइक्रोफाइनान्स(सूची)

२०८० मंसिर १३ गते

बैंकिङ खबर/माइक्रोफाइनान्स समूहका ६ वटा कम्पनीहरुले मात्रै गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेका छन् ।

लाभांश घोषणा गरेका माइक्रोफाइनान्स कम्पनीहरुमा युनिक नेपाल लघुवित्त, धौलागिरि लघुवित्त, आरएसडीसी लघुवित्त, स्वाबलम्बन लघुवित्त, एनआईसी एसिया लघुवित्त र सपोर्ट माइक्रोफाइनान्स छन् । जसमध्ये आरएसडीसी लघुवित्त कम्पनीको मात्रै बुक क्लोज भइसकेको छ । बुक क्लोज भएको सो कम्पनीको सेयर खरिद गर्नेले यो वर्षका लागि लाभांश पाउने छैनन् ।

त्यस्तै एनआईसी एसिया लघुवित्तको मंसिर २५ गते बुक क्लोज मिति तय भएको छ । सो दिनसम्म सेयर खरिद गर्नेले यो कम्पनीको लाभांश पाउने छन् ।

लाभांश घोषणा गरिसकेका अरु ४ माइक्रोफाइनान्स कम्पनीहरु धौलागिरी, सपोर्ट, स्वाबलम्बन र युनिक नेपालले भने अहिलेसम्म बुक क्लोजको मिति तय गरिसकेका छैनन् ।

कुनको कति लाभांश ?

कम्पनी बोनस सेयर नगद लाभांश
धौलागिरी लघुवित्त १४.२५ ०.७५
सपोर्ट माइक्रोफाइनान्स १३ ०.६८४
स्वाबलम्बन लघुवित्त १२.३५९ ०.६५
युनिक नेपाल १९
एनआईसी एसिया लघुवित्त १५
आरएसडीसी लघुवित्त ८.६ ०.४५