Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

डलरको भाउ हालसम्मकै उच्च विन्दुमा

२०८० मंसिर ६ गते

बैंकिङ खबर/अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज मंसिर ६ गते बुधबार १ डलरको भाउ (बिक्रीदर) १३३ रुपैयाँ ६८ पैसा कायम भएको छ ।

जुन अहिलेसम्मकै उच्च हो । यस्तै, खरिददर पनि १३३ रुपैयाँ ०८ पैसा कायम भएको छ । यसअघि कात्तिक २५ गते डलरको भाउ (बिक्रीदर) १३३ रुपैयाँ ६५ पैसा पुगेर रेकर्ड बनाएको थियो ।

पछिल्लो समय डलरको तुलनामा भारतीय रुपैयाँ (भारु) पनि निरन्तर कमजोर बन्दै गएको छ । भारुसँग नेरुको स्थिर विनिमय दर कायम भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ ।

डलर महँगो हुँदा नेपाललगायत आयातमुखी अर्थतन्त्र भएका देशहरुलाई समग्रमा घाटा बढी पर्छ । निर्यात महँगो पर्छ भने वैदेशिक ऋणको लागत पनि बढ्छ । विदेशबाट रेमिट्यान्स पठाउनेलाई भने केही फाइदा हुनसक्छ ।