Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

प्रधानमन्त्रीले राष्ट्र बैंकका गभर्नरसहित मन्त्रीहरुसँग अर्थतन्त्रको पछिल्लो अवस्थाबारे छलफल गर्दै

२०८० मंसिर ४ गते

बैंकिङ खबर/प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्रको पछिल्लो अवस्थाका विषयमा उच्चपदस्त अधिकारीहरुसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहालले अर्थतन्त्रको पछिल्लो अवस्थाका विषयमा अर्थमन्त्री, गृहमन्त्री, भौतिक पूर्वाधारमन्त्री, शहरी विकास मन्त्री, उद्योग मन्त्रीसहित राष्ट्र बैंकका गभर्नर, मुख्य सचिव, अर्थ सचिव लगायतका अधिकारीसँग छलफल गर्ने तयारी गरेका छन् ।

अर्थतन्त्रको वर्तमान अवस्था र सरकारले लिनु पर्ने नीतिका विषयमा धारणा बनाउन प्रधानमन्त्रीले उच्च स्तरीय छलफल गर्न चाहेको अर्थ मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

बैठकमा अर्थतन्त्रको पछिल्लो अवस्थामा विषयमा अर्थमन्त्री डा.प्रकाशशरण महतले बिफ्रिङ गर्ने तय भएको छ ।