Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

नियतवश ऋण नतिर्नेहरूलाई लघुवित्तले कालोसूचीमा राख्न पाउने

२०८० कार्तिक २२ गते

बैंकिङ खबर/ लघुवित्त वित्तीय संस्थाबाट लिएको ऋण नियतवश नतिर्ने ऋणीहरूलाई कालोसूचीमा राख्नुपर्ने अध्ययन प्रतिवेदनको निष्कर्ष छ। लघुवित्त वित्तीय संस्था समस्या र समाधान अध्ययन प्रतिवेदनले नियतवश ऋण नतिर्ने ऋणीहरूलाई कालोसूचीमा राख्नुपर्ने निष्कर्ष निकालेको छ।

आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमा लघुवित्त वित्तीय संस्था समस्या र समाधान अध्ययन प्रतिवेदनले तयार पारेको प्रतिवेदनलाई कार्यान्वयन लैजाने उल्लेख गरेको छ।

नियतवश ऋण नतिर्ने ऋणीहरूलाई कालोसूचीमा राख्नुको साथै स्थानीय तहसँगको सहकार्यमा कारबाही प्रकृया अघि बढाइ ऋण असुली गरिने प्रतिवेदनमा उल्लेख छ।