November 7th, 2023

बैंकर संघले नेपालमा एसियन सीईओहरुको सम्मेलन गर्ने

बैंकिङ खबर/ बैंकर संघ नेपालले एसियन सम्मेलन गर्ने भएको छ। यही कात्तिक २३ र २४ गते एसियन सम्मेलन हुने भएको हो। उक्त सम्मेलनमा बढ्दो ब्याजदर, डिजिटल ट्रान्सफरमेसनको बारेमा छलफल बैंकर संघले जनाएको छ ।

कार्यक्रममा विभिन्न देशका ७० जना सीईओको सहभागिता रहने उल्लेख छ। हिमालयन बैंकका सीईओ अशोक शमशेर जबराले नेपालमा पहिलो पटक यस्तो कार्यक्रम आयोजना हुन लागेको बताए। यस्तो कार्यक्रमबाट विश्वभरका बैंकिङ क्षेत्रमा कहाँ कस्तो अवस्था छ भन्ने जानकारी हुने र अनुभव आदानप्रदानमा सहयोग पुग्ने उनले बताए।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]