Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

अमेरिकी डलरको भाउ नयाँ उचाइमा, कमजोर बन्यो नेपाली मुद्रा

२०८० कार्तिक १६ गते

बैंकिङ खबर/अमेरिकी डलरले नयाँ रेकर्ड कायम गरेको छ। बिहीबार नेपाली बजारमा अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च बनेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९७ पैसा बिक्री दर १३३ रुपैयाँ ५७ पैसा रहेको छ ।

नेपाली मुद्रा अमेरिकी डलरसँग अहिले निकै कमजोर बन्दै र्गको छ । बुधबार भारतीय मुद्रा अमेरिकी डलरको तुलनामा कमजोर बन्दा बिहीबार नेपाली बजारमा डलरको भाउ महंगो भएको हो ।

अमेरिकी डलर महँगिएसँगै आयात महँगो हुने र सरकारले तिर्ने ऋणको साँवा र व्याजको भुक्तानीसमेत बढ्ने गर्छ । डलर महँगिदा रेमिट्यान्स पठाउनेलाई भने फाइदा हुन्छ ।