
बैंकिङ खबर/ केन्द्रीय बैंकले यसपटक सुनचाँदी असर्फीको बिक्री कोटा तोकेको छ । तिहारका बेला सर्वसाधारणबाट सुनचाँदीको सिक्का, तक्मा, मेडालियनको ठूलो माग हुने हुँदा बैंकले यसपटक कोटा तोकेको हो ।
सूचना अनुसार यसपटक प्रतिव्यक्ति एक-एक सेट सुन र चाँदीको असर्फी उपलब्ध गराइनेछ । सुनको असर्फी १ सेट (१० ग्राम, ५ ग्राम र २.५ ग्राम ) रहनेछ भने चाँदीको गाई, लक्ष्मी र गणेश अंकित २५ ग्राम, १०/१० ग्रामको सिक्का उपलबध गराइनेछ । यसअघि सुनचाँदीको असर्फीमा केन्द्रीय बैंकले कोटा लगाएको थिएन ।



