इटहरीमा केन्द्रिय कार्यालय रहेको स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले तीन लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । यसका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३ करोड रुपैयाँ बराबरको तीन लाख कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति लिन यसै साता धितोपत्र बोर्डमा आवेदन दिएको हो ।
हाल ७ करोड रुपैयाँ चुक्तापुँजी रहेको संस्थाको आईपीको जारी गरेपछि चुक्तापुँजी दश करोड रुपैयाँ पुग्नेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।
इटहरीमा केन्द्रिय कार्यलय रहेको लघुवित्तले विभिन्न ३९ जिल्लामा ४७ शाखा सञ्जाल मार्फत लघुवित्त सेवा प्रदान गर्दे आएको छ ।