Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

विकास बैंकहरुको नाफा एक अर्ब ३५ करोड, कुनको कति ?

२०८० कार्तिक २ गते

बैंकिङ खबर/ चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो दुई महिनामा विकास बैंकहरुले एक अर्ब ३५ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । हाल सञ्चालनमा रहेका १७ वटा विकास बैंकहरुले साउन र भदौ महिनामा उक्त नाफा कमाएका हुन् । दुई महिनाको अवधिमा १३ वटा विकास बैंकले खुद नाफा आर्जन गरेका छन् भने चार वटा घाटामा रहेका छन् ।

सर्वाधिक नाफा कमाउने मुक्तिनाथ विकास बैंक अगाडि रहेको छ । मुक्तिनाथले साउन र भदौमा ३१ करोड २८ लाख रुपैयाँ खुन नाफा आर्जन गरेको छ । त्यस्तै, दोस्रोमा गरिमा विकास बैंक रहेको छ । गरिमाले दुई महिनामा १६ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

तेस्रो स्थानमा रहेको लुम्बिनी विकास बैंकले १५ करोड ६७ लाख नाफा आर्जन गरेको छ । त्यसैगरी चौथो र स्थानमा लुकामना सेवा विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंकले क्रमशः १३ करोड ९१ लाख र १२ करोड ४ लाख रुपैयाँ नाफा कमाएका छन् ।

शाइन रेसुंगा डेभलपमेन्ट बैंकले ११ करोड ७१ लाख, महालक्ष्मी विकास बैंकले ११ करोड ४५ लाख र ज्योति विकास बैंकले १० करोड ९४ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

कर्णाली डेभलपमेन्ट बैंकले ४ करोड ६८ लाख, सिन्धु विकास बैंकले २ करोड ७४ लाख, कर्पोरेट डेभलपमेन्ट बैंकले २ करोड ६६ लाख र ग्रीन डेभलपमेन्ट बैंकले १ करोड ३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

दुई महिनाको अवधिमा साल्पा विकास बैंकले सबैभन्दा कम ४० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यस्तै, सोही अवधीमा चार वटा विकास बैंकहरु भने घाटामा गएका छन् । सबैभन्दा धेरै घाटा एक्सेल डेभलपमेन्ट बैंकको रहेको छ ।

दुई महिनामा एक्सेलको खुद घाटा १७ करोड ५० लाख रुपैयाँ पुगेको छ । त्यसैगरी, सप्तकोसी, नरायणी र मितेरीको खुद घाटा क्रमशः एक करोड ६७ लाख, ७६ लाख र ६४ लाख रुपैयाँ रहेको छ ।