
बैंकिङ खबर/निर्धन उत्थान लघुवित्त वित्तीय संस्था बावियाचौर म्याग्दी शाखाले संस्थाका ग्राहक सदस्यहरुका व्यवसायिक सफलताहरुका कथा समेटिएको सम्वृद्धिको मार्गमा २०८० नामक पुस्तक वितरण गरेको छ ।
संस्थाले देशको ७७ जिल्लाका १८५ शाखा कार्यालयहरुबाट कारोवार गरी रहेका सदस्यहरुमध्ये उत्कृष्ट कार्य गरेका व्यक्तिको जीवनी, उनीहरुको विगतको अवस्था र संस्थामा आवद्ध भएपछिको आर्थिक तथा सामाजिक परिवर्तनका बारेमा समेटेर तयार पारेको पुस्तक मंगला गाउँपालिका र त्यस अन्तर्गतको वडा कार्यालय र सम्बन्धित ऋणी सदस्यलाई वितरण गरेको छ ।
संस्थाले हरेक वर्ष आफ्ना १ सय ८५ शाखा कार्यालयका उत्कृष्ट उद्यमी सदस्य र तिनले गरेको प्रगती, व्यावसायिक परियोजना तथा अन्य सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यहरु समेटेर तयार पारिएको पुस्तक स्थानीय निकाय वुद्धिजिवी तथा राजनीतिक व्यक्तिहरु वितरण गर्ने गरेको छ । विगत तिन दशकदेखि सामाजिक तथा आर्थिक रुपमा समाजलाई सवल बनाउन निरन्तर लागी रहेको संस्थाले हाल कर्जा १० प्रतिशत देखि १५ प्रतिशतसम्म
ब्याज लिएर बिनाधितो ५ लाख सम्म र धितोमा आधारीत अधिकतम ७ लाखसम्म कर्जा लगानी गरी रहेको छ । संस्थाले दलित , अपाङ्ग, एकल महिला , द्वन्द्वपीडितका लागि १ प्रतिशत ब्याज कम लिने गरेको छ ।
साथै बचतमा अधिकतम १२.५५ प्रतिशत सम्म ब्याज दिने गरेको छ । संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित ,उत्पीडित, पिछडिएको वर्गका महिलाहरुलाई विनाधितो सामुहिक जमानीमा कर्जा लगानी गर्ने र ग्राहक सदस्यहरुलाई सुत्केरी स्याहार खर्च,दैवी प्रकोप, बाढी पहिरो आगलागी, भूकम्प, हावाहुरी आदीबाट प्रभावीत लाई राहत प्रदान गर्नुका साथै घातक रोग लागेमा आर्थिक सहयोग, तथा विद्यालयमा अक्षयकोेष खडा गरी गरीव जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ती वितरण जस्ता सामाजिक उत्तरदायित्व अन्तर्गका कार्यहरु गर्दै आइरहेको छ ।
संस्थाले सीपमुलक तालिम, उद्यमशिलता तालीम ,वित्तिय साक्षरता व्यवसायिक साक्षरता, तथा सचेतना मुलक कार्यक्रम गर्दै आई रहेको छ । समुहमा हुने कुरीती अन्धविश्वासबाट मुक्त गर्नको लागि संस्थाले वित्रिन्न किसीमका कार्यक्तमहरु संचालन गरेपनि कतिपय ठाउँमा त्यसको प्रचारप्रसार हुन नसकेको कारण अहिले सिंगो लघुवित्तमाथि प्रहार भइरहेको अवस्थामा निर्धन उत्थान लघुवित्तले समाजमा आफुले सही र राम्रा काम गरी रहेको प्रमाणीत गरेको छ ।
हाल संस्थाले देशका ७७ जिल्लाका ५४९ स्थानीय निकाएमा १८५ शाखा कार्यालय मार्फत आफ्ना सेवाहरु प्रदान गरी रहेको छ ।
जसमा Moblie Banking, Internet Banking ,ABBs सेवा Esewa, रेमिट्यान्स सेवा , विभिन्न किसिमका भुक्तानीहरु बिजुलीको विल, खानेपानीको विल सहजै मोवाइल एपबाट तिर्ने व्यवस्था गरेको छ । यसका साथै बचतमा उच्चतम प्रतिफल तथा कर्जामा न्युनतम ब्याज लिएर लघुवित्तमै फरक पहिचान बनाउन सफल भएको छ ।



