Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

‘अर्थमन्त्री र गभर्नरको मन मिल्यो तर नीति मिलेन’

२०८० आश्विन २५ गते

बैंकिङ खबर/ अर्थविद् डा.अच्युत वाग्लेले अर्थतन्त्रको जटिलता समाधानका लागि सरकारी निकायबीच तालमेल नभएको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा बिहीबार आयोजना गरेको राष्ट्रिय आर्थिक बहस कार्यक्रममा बोल्दै डा.वाग्लेले अहिले अर्थतन्त्रमा समस्या के हो भन्ने समेत पहिचान नभएको भन्दै त्यसमा सरकारी निकायबीच बेमेल र आपसी सहकार्यको अभाव भएको बताए ।

उनले भने, ‘सरकारको नीति र नेपाल राष्ट्र बैंक बीचमा बेमेल देखिएको छ । मैले प्रधानमन्त्रीलाई नै सोध्दा अर्थमन्त्री र गभर्नर बीच तालमेल भएको छ भन्नु भएको थियो,’ डा.वाग्लेले थपे, ‘होला मन त मिल्यो तर नीति मिलेन जुन अहिले देखिन्छ ।’