Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

मनी लाउण्डरिङ्ग विधेयक संसदीय समितिबाट पास

२०८० आश्विन २४ गते

बैंकिङ खबर/ कानून,न्याय तथा मानव अधिकार समितिले सम्पती शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यवसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ । उपसिमितिले मंगलबार बुझाएको प्रतिवेदन समितिले संशोधनसहित पास गरेको हो । समिति सभापति विमला सुवेदीका अनुसार सहकारी ऐन, २०७४ को दफा ५२ (दफा १८ को उपदफा २ झिक्ने) मा व्यक्तिगत वचतको अधिकतम सीमा २५ लाख हुने प्रस्ताव हटाइएको छ । साथै क्यासिनो सञ्चालनको सम्बन्धमा विदेशी सीमाबाट ५ किलोमिटर बाहिर हुनुपर्ने व्यवस्था गरिएको छ ।

उनका अनुसार प्रचलित कानूनअनुसार ३ किलोमिटरको सीमा बाहिर सञ्चालन गर्ने गरिएका क्यासिनोहरु कायम राखिने छ । ३ किलोमिटरको सीमाको नियमअनुसार सञ्चालन नभएकाहरुको हकमा आगामी तीन वर्ष भित्रमा ५ किलोमिटरको सीमा बाहिर आएर सञ्चालन गर्नुपर्ने प्रावधान राखिएको हो ।