
बैंकिङ खबर/वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ)हरुले सेयर धितो कर्जा र रियल स्टेट कर्जालाई खुकुलो बनाएर अगाडि बढ्नुपर्ने सुझाव दिएका छन्। नेपाल राष्ट्र बैंकको सुपरभिजन डिपार्टमेन्टले आज अलफ्ट होटलमा आयोजना गरेको समसामयिक विषयको छलफल कार्यक्रममा आफ्नो धारणा राख्दै बैंकका सीईओहरुले यस्तो सुझाव दिएका हुन् ।
उनीहरुले रियल स्टेट कर्जामा समेत राष्ट्रबैंकले अझै खुकुलो नीति तर्जुमा गरेर अगाडि बढ्नुपर्ने सुझाव दिएका थिए । छलफलमा बैंकको ब्याजदर घट्ने गरी नीतिगत लचकता अपनाइदिन समेत सीईओहरुले राष्ट्रबैंकसँग आग्रह गरे । अहिले मुद्दति निक्षेप र बचत खाता बीचको अन्तर ५ प्रतिशत रहेको र यही व्यवस्थाका कारण बैंकहरुको कस्ट अफ फण्ड उल्लेख्य घट्न नसकेर आधारदर महङ्गो भएको भन्दै यो व्यवस्था संसोधनको माग समेत उनीहरुले गरेका छन् ।


