
बैंकिङ खबर/पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिनाकारण सेयर बजारमा १२ करोडको सिमा लगाइएको भन्दै त्यसलाई तत्काल हटाउन आग्रह गरेका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा समय लिएर बोल्दै उनले सरकार अर्थतन्त्र धस्त बनाउन भष्मासुर भएर लागिरहेको आरोप लगाए । उनले अर्थतन्त्रको संकटलाई लिएर उद्योग व्यवसायी तथा लगानीकर्ता चरम निराशामा पनि पुगेको बताए ।
सरकारप्रति उद्योगी व्यवसायीले विश्वास नै नगरेको अवस्था रहेको भन्दै उनीहरुलाई त्रसित बनाउने काम सरकारले गरिरहेको पनि बताए ।



