
बैंकिङ खबर/ दशैँ तिहारमा बैंकवित्तहरु १५ दिन बिदा हुने भएको छ । कात्तिक महिनामा बैंक तथा वित्तीय संस्था १५ दिन बन्द हुनेछन् । ठूला दुई पर्व यो वर्ष कात्तिकमै परेका कारण बैंक तथा वित्तीय संस्थाका सेवाहरु १५ दिन बन्द हुने भएको हो ।
यसपटक बैंक तथा वित्तीय संस्थाहरुले दशैंका लागि ६ दिन र तिहारका लागि ५ दिन विदा पाउनेछन् । कात्तिक महिनामा ४ वटा शनिबार रहेको छ । यसरी हिसाब गर्दा दशैं र तिहार विदा तथा शनिबारको सार्वजनिक विदा समेत जोड्ने हो भने कात्तिकमा १५ दिन बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।
आगामी कात्तिक ४ गते दशैंको फूलपाती परेको छ । सो दिनदेखि बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् । कात्तिक १० गते शुक्रबारबाट सेवा पुनः सुचारु हुनेछ ।
यसैगरी, कात्तिक २६ गते लक्ष्मीपूजा परेको छ भने २९ गते भाइटीका परेको छ । राष्ट्र बैंकले प्रकाशित गरेको सूचनाअनुसार यो वर्ष बैंकका कर्मचारीहरुले कुल ३५ दिन विदा पाउनेछन् । यो भनेको शनिबारबाहेकको विदाको सूची हो ।




