Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

हिमालयन रिको प्रमुख कार्यकारी अधिकृतमा उपासना पौडेल नियुक्त

२०८० आश्विन १४ गते

बैंकिङ खबर/हिमालयन रि इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा उपासना पौडेल नियुक्त भएकी छन् । बीमा क्षेत्रकै पहिलो र एक मात्रै महिला सिइओको उपाधी पाएकी पौडेलले ७ अर्बको दोस्रो पुनर्बीमा कम्पनीको नेतृत्व सम्हाल्ने अवसर प्राप्त गरेकी छिन् ।

उनी एक तह तल झरेर २०७९ मंसिरमा हिमालयन रि इन्स्योरेन्स कम्पनीमा नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएकी थिइन्। हिमालयन रि इन्स्योरेन्स कम्पनीमा यस अघि बीमा क्षेत्रमा चार दशक भन्दा लामो अनुभव भएका भारतीय मुलका चन्द्रशेखरन रामामुर्थी प्रमुख कार्यकारी अधिकृत थिए । उनले राजीनामा दिएपछि पौडेललाई संचालक समितिले प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।

साविक युनाइटेड इन्स्योरेन्सबाट उपसना पौडेल कार्तिक अन्तिम साता बाहिरिएकी थिइन् । पौडेलले युनाइटेडमा डेढ वर्ष सिइओ र डेढ वर्ष नायब प्रमुख कार्यकारी अधिकृत सहित तीन वर्ष काम गरिन् । भारतको दिल्ली युनिभर्सिटिबाट एमबिए गरेकी पौडेलले भारतकै आईसीआईसीआई लोम्बार्ड इन्स्योरेन्स र भारतीय एक्सामा एक दशक भन्दा लामो समय काम गरेकी थिइन् । भारतबाट उनि सिधै तत्कालिन सानिमा जनरलको सहायक महाप्रवन्धक पदमा रहेर काम गरेकी थिइन् ।