Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

विकास बैंकहरुको नाफा ८४ करोड, सबैभन्दा बढी कमाउने गरिमा

२०८० आश्विन ११ गते

बैंकिङ खबर/ साउन महिनामा सञ्चालमा रहेका राष्ट्रिय स्तरका विकास बैंकले ८४ करोड २१ लाख ९० हजार रुपैयाँ नाफा कमाएका छन् । चालु आवको पहिलो महिनामा सञ्चालनमा रहेका राष्ट्रिय स्तरका आठ वटा विकास बैंकले ८४ करोड २१ लाख ९० हजार रुपैयाँ नाफा आर्जन गरेका हुन् ।

नाफा आर्जन गर्नेमा सबैभन्दा अग्रस्थानमा गरिमा विकास बैंक रहेको छ । गरिमा विकास बैंकले साउनमा २४ करोड ९५ लाख ६० हजार रुपैयाँ नाफा आर्जन गरेको छ । धेरै नाफा कमाउने दोस्रो बैंकमा मुक्तिनाथ विकास बैंक रहेको छ । बैंकले साउन मसान्तमा १६ करोड ८० लाख ४० हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार कामना सेवा विकास बैंकले साउनमा ८ करोड १३ लाख ३० हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यस्तै लुम्बिनी विकास बैंकले ७ करोड ९१ लाख ५० हजार रुपैयाँ नाफा आर्जन गरेको छ । महालक्ष्मी विकास बैंकले ७ करोड ८५ लाख ८० हजार, शाइन रेसुङ्गा विकास बैंकले ७ करोड १९ लाख २० हजार, सांग्रिला विकास बैंकले ५ करोड ६५ लाख २० हजार रुपैयाँ र ज्योती विकास बैंकले ५ करोड ७० लाख ९० हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।