Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

‘सेयर धितो कर्जाको १२ करोडको सीमा हटाउनुपर्छ’

२०८० आश्विन १० गते

 

बैंकिङ खबर/ नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सेयर धितो कर्जाको १२ करोडको सीमा हटाउनुपर्ने बताएका छन् । 

नेपाल उद्योग व्यवसायी महासंघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री पाण्डेले १२ करोडको सीमा हटाउँदै जोखिम भार पनि १०० प्रतिशत कायम गर्नुपर्ने बताए ।

उनले अहिलेको सेयर बजारमा सेयर धितो कर्जामा जोखिम नभएको भन्दै जोखिम भार पनि घटाउनुपर्ने बताए । उनले कुल कर्जाको १० प्रतिशतसम्म सेयर बजारमा लगानी गर्न पाउनुपर्ने बताए । उनले अर्थतन्त्रमा इन्डिकेटर हेरर मात्रै समस्या समाधान हुने अवस्थामा नरहेको बताए ।