Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

भारतको विदेशी मुद्रा सञ्चिति चार महिना यताकै न्यून

२०८० आश्विन ७ गते

बैंकिङ खबर/ भारतको विदेशी मुद्रा सञ्चिति चार महिना यताकै न्यून बिन्दुमा झरेको छ । सेप्टेम्बर १५ मा समाप्त भएको सातामा भारतको विदेशी विनिमय सञ्चिति ८६० मिलियन अमेरिकी डलरले घटेर ५९३.०३७ अर्ब डलर मा झरेको छ ।

सेप्टेम्बर ८ मा विदेशी मुद्रा ४ अर्ब ९९ करोड डलरले घटेर ५९३.९० अर्ब डलर पुगेको थियो । विदेशी मुद्रा सञ्चितिको वर्तमान मूल्य चार महिनाकै न्यून रहेको बताइएको छ । विश्वव्यापी घटनाक्रमका कारण सञ्चिति घटेको बताइएको छ ।

गत आर्थिक वर्षमा नेपालको पनि विदेशी मुद्राको सञ्चिति निकै घटेको थियो। तर सरकारले आयातमा कडाइ गरेपश्चात विदेशि मुद्राको सञ्चिति बढ्दै गएको छ।

२०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको नेपालको कुल विदेशी विनिमय सञ्चिति २०८० साउन मसान्तमा २.२ प्रतिशतले बढेर १५ खर्ब ७३ अर्ब १२ करोड पुगेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० साउन मसान्तमा १.२ प्रतिशतले बढेर ११ अर्ब ८५ करोड पुगेको हो।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा १३८५ अर्ब २४ करोड रुपैयाँ छ भने बैंक तथा वित्तीय संस्थामा १ खर्ब ८७ अर्ब ८९ करोड रहेको छ।