Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

माछापुच्छ्रे बैंकका डेपुटी सीइओ विश्वम्भर न्यौपाने नेप्सको अध्यक्षमा नियुक्त

२०८० आश्विन ५ गते

बैंकिङ खबर/ माछापुच्छ्रे बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत विश्वम्भर न्यौपाने नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) को अध्यक्ष पदमा नियुक्त भएका छन् । न्यौपाने अध्यक्षमा नियुक्त हुनुअघि यसै संस्थामा माछापुच्छ्रे बैंकको तर्फबाट सञ्चालकको रुपमा प्रतिनिधित्व गर्दै आएका थिए । नवनियुक्त अध्यक्ष न्यौपानेले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनासमक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरे ।

विगत १९ वर्षदेखि माछापुच्छ्रे बैंकमा आबद्ध भई हाल उनी बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन् । साथै उनीसँग बैंकिङ्ग क्षेत्रको २५ वर्षभन्दा लामो अनुभव छ ।