Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

साइवर सुरक्षा विनियमावली संशोधनको तयारी

२०८० आश्विन ५ गते

बैंकिङ खबर/ साइबर सुरक्षा विनियमावली, २०७७ संशोधन गरिने भएको छ । नेपाल दुरसञ्चार प्राधिकरणले उक्त विनियमावली संशोधनको प्रक्रिया अघि बढाएको हो ।

प्राधिकरणकाअनुसार साइबर सुरक्षा मापदण्ड तथा आईसीटी पूर्वाधार र सूचना प्रणालीहरुलाई विभिन्न साइबर आक्रमण तथा जोखिमबाट बचाउन तथा सूचना र सञ्चार प्रविधिका सेवाहरु प्रयोग गर्नेतर्फ सेवाग्राहीको विशवसनियता कायम राख्न यो विनियमावली लागु गरिएको थियो ।

नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार ऐन, २०५३ (१९९७)को दफा ६२ को प्रयोग गर्दै विनियमावली लागु गरेको थियो । हाल प्राधिकरणले उक्त विनियमावली संशोधन गर्ने प्रक्रिया अघि बढाएको जानकारी दिएको छ ।

प्राधिकरणले संशोधन हुने विनियमावलीमा सरोकारवाला तथा सेवा प्रदायकका लागि कुनै समस्याहरु भएमा वा संशोधन गर्नुपर्ने विषयहरु भएमा आगामी १४ दिनभित्र बुँदागत रुपमा राय तथा सुझाव पेश गर्न भनेको छ ।

यसरी रायसुझाव दिँदा बुँदागत रुपमा दिनुपर्ने र संशोधन गर्नुपर्ने कारणसमेत उल्लेख गर्न प्राधिकरणले जनाएको छ ।