Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

अमेरिकी डलरको भाउमा नयाँ रेकर्ड

२०८० आश्विन २ गते

बैंकिङ खबर/ अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार १ अमेरिकी डलरको बिक्रीदर मूल्य १३३ रुपैयाँ ५४ पैसा र खरिददर मूल्य १३२ रुपैयाँ ९४ पैसा पुगेको छ । पछिल्ला दिनहरूमा विश्व बजारमा डलरको माग बढ्दा भाउ बढेको हो ।

अमेरिकी फेडरल रिजर्भ बैंकले फेरि ब्याजदर बढाउने चर्चा चलेसँगै विश्वका लगानीकर्ताहरुले डलरको माग बढाउँदा मजबुत बनेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ब्याजदर बढ्दा विश्वका लगानीकर्ता अमेरिकामा लगानीका लागि आकर्षित हुन जान्छन्, यसले स्वतः डलरको माग बढ्न जान्छ । त्यसै पनि अहिले फेडले तोकेको सन्दर्भ ब्याजदर २२ वर्षयताकै उच्च हो । हाल फेडको सन्दर्भ ब्याजदर ५.२५ देखि ५.५० प्रतिशत छ ।

डलरको भाउ बढ्नु भनेकै भारतीयसँगै नेपाली मुद्रा कमजोर हुनु हो । नेपाली मुद्रा कमजोर हुँदा विदेशी वस्तु आयात गर्दा बाहिरिने रकम बढ्न जान्छ । यसले मुलुकको व्यापार घाटा बढ्न गई सञ्चित विदेशी मुद्रामा समेत असर पर्न जान्छ ।