Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

कर्जा (कविता)

admin २०८० भाद्र ३० गते
सेयर:

कर्जा लिई गरौं,

सदुपयोग सही ।

जनताकै हो त्यो पैसा,

भई बुद्धीमानी ।।

 

सबै कुरा बुझी मात्रै,

लिनुपर्छ कर्जा ।

नियम बैंकको हो एकै,

सबैलाई साझा ।।

 

नबुझी अघि बढ्दा,

कठिनाई धेरै ।

बैंक हो हाम्रो साथी,

सहयोगी सधैं ।।

 

गाह्रो हुन्छ व्यापार,

अनि अरु खर्च टार्न ।

बैंकले नै  दिन्छ हजुर,

सुलभ दरमा कर्जा ।।

 

देशको अर्थ विकास पनि,

सोचौं सधैंभरी ।

बैंक आजै बनाई साथी,

हातेमालो गरी ।।

 

रविन्द्र राज थापा (सन्तोष)

हरिवन, सर्लाही

हाल : ललितपुर

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।