
बैंकिङ खबर/ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बैंकहरूले गरिबका लागि ऋण प्रवाह नगरेको बताएका छन् । ठूला पुँजीपतिहरूलाई खोजेर अर्बौं लगानी गर्ने बैंकहरूले अझै पनि गरिबलाई भने ऋण नदिएको अध्यक्ष ओलीको भनाइ थियो । साना बैंक तथा वित्तीय संस्थाले बाख्रा पालनजस्ता व्यवसायका लागि दिएको लगानी पनि मुनाफा नभएपछि डुब्ने गरेको ओलीले बताए ।
पार्टीको केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागले आइतबार च्यासलमा आयोजना गरेको कार्यक्रमा ओलीले गरिबलाई पनि बैंकहरूले कुनै व्यवसाय गर्नका लागि सिड मनीको रूपमा ऋण प्रवाह गर्नुपर्ने बताए । सहकारी संस्थाहरूसँग सरकारले पनि सहकार्य गरेर अघि बढ्नुपर्ने उनको भनाय छ ।


