November 9th, 2016

संक्षिप्तमा हेर्नुहोस्, को हुन् अमेरिकी राष्ट्रपतिका दाबेदार : क्लिनटन र ट्रम्प ?

अहिले अमेरिकामा चर्चा र परिचर्चाको शिखरमा रहेको बिषय भनेको नै राष्ट्रपतिको उम्मेदवारहरुको चुनाब हो । यसले अमेरिका मात्र नभई विश्वको ध्यान खिचेको छ । अमेरिकी राष्ट्रपति बन्नका लागि डोनाल्ड ट्रम्प र हिलारी क्निटनबिच कडा प्रतिष्पर्धा भइरहेको छ । विश्वकै शक्तिशाली मुलुक भएको नाताले अमेरिकी राष्ट्रपति को बन्ने भन्ने विषयमा सवत्र चासो छ । कोही ट्रम्पका पक्षमा छन् भने कोही क्लिनटनका पक्षमा वकालत गरिरहेका छन् । यो बीचमा अमेरिकी राष्ट्रपति दाबेदार क्लिनटन र ट्रम्प को हुन् त ? यो पनि जानीराख्नुस् : 

हिलारी क्लिनटन
hilariहिलारी क्लिन्टनको जन्म २६ अक्टुबर १९४७ शिकागोको इलिनोइसमा भएको थियो । हिलारीले ल को डिग्री एल युनिभर्सिटीबाट पुरा गरेकी हुन् । उनीले १९७५ मा अफुसंग कक्षामा पढने साथी बिल क्लिंटन संग बिहे गरिन् । जो अमेरिको पुर्व राष्ट्रपति पनि हुन् । 

१९९३ देखि २००१ सम्म बिल क्लिन्टन अमेरिकाको राष्ट्रपति हुदा हिलारी अमेरिकाको प्रथम महिला बन्न पुगिन् । २००७ मा आएर हिलारीले राष्टपति चुनावमा भाग लिने योजना बनाइन् । २००८ मा आएर यिनलाई यो कुराको स्पष्ट भयो कि बहुमत बराक ओबामा संग छ । ओबामाले आफ्नो जीत पछि हिलारी क्लिन्टनलाई राज्य सचिबमा नियुक्त गरे । यसरी नै हिलारीले २००९ देखि १३ सम्ममा सचिब पदको पुरा फाइदा उठाउन सफल भईन् । 

राष्ट्रपतिका लागि उम्मेदवारी दिएसँगै अमेरिकाको २४० बर्षको इतिहासमा प्रमुख राजनीतिक दलको प्रमुख राष्ट्रपति पदको उम्मेदवार बनेर चर्चामा आएकी उनी राष्ट्रपति बनिन् भने संसारकै सबैभन्दा शक्तिशाली महिलाको रुपमा परिचित हुनेछिन् ।

डोनाल्ड ट्रम्प
donaldडोनाल्ड ट्रम्प रिपब्लिकन पार्टीका तर्फबाट अमेरिकी राष्ट्रपतिको प्रतिष्पर्धी हुन् । सत्तरी वर्षका ट्रम्प जीवनशैली, व्यवहार, सम्पत्ती लगायतका कारण सँधै चर्चामा रहन्छन् । उनको व्यक्तिगत जीवनबारे पनि धेरैलाई चासो छ उनले तीन पटक विवाह गरेका छन् । पहिलो विवाह इभाना जेल्नी कोभासँग, दोस्रो मार्ला मेपलसँग र तेस्रो मिलिनिया नर्ससँग भएको थियो । उनी अहिले तेस्री श्रीमतीसँग छन् । । उनी न्यूयोर्कको प्रख्यात ट्रम्प टावरमा बस्छन् । ट्रम्प विलासी जीवनशैलीका सौखिन भए तापनि उनका पिता फ्रेड ट्रम्प एक मध्यम वर्गीय परिवारमा जन्मिएका थिए । यसै कारण विशेषतः अमेरिकाका मध्यम वर्गियहरुले ट्रम्पलाई खुबै रुचाउँछन् । 

मध्यम वर्गीय परिवारमा जन्मिएर पनि रियलस्टेटमा लगानी गरेर फ्रेडले ठूलो सफलता हात पारे । नतिजास्वरुप आज डोनाल्ड ट्रम्प एक अर्वपतिको जीवन बाँचिरहेका छन् । यसबाहेक, ट्रम्प होटल र ट्रम्प प्यालेस लगायत उनका नामका थुप्रै सम्पत्तीहरु विश्वका थुप्रै सहरमा छन् । 

घरमा ट्रम्पलाई हतियारसँग खेलिरहेको भेटेपछि १३ बर्षको छँदा ट्रम्पलाई उनका पिताले न्यूयोर्क मिलिटरी एकेडेमीमा पठाए । गतल व्यवहार गरेको भन्दै उनी त्यहाँबाट निकालिए । लगत्तै अमेरिकाको प्रख्यात वार्टन बिजनेस स्कूलमा भर्ना भएर उनी व्यापार पढ्न थाले । त्यसपछि ट्रम्पले पारिवरिक व्यापारमा पिताको साथ दिए । रियलस्टेट बिजनेशसँगै, होटल र क्यासिनोमा लगानी विस्तार गरे । सन् १९७० मा घाटामा रहेको ग्राण्ड हायात होटललाई सात करोड डलरमा किनेर मर्मत गरी उनी रातारात करोडपती बन्न पुगे । 

सन् १९९६ देखि २०१५ सम्म ट्रम्प मिस युएसए र मिस युनिभर्स जस्ता ब्युटि कन्टेस्ट आयोजना गर्ने कम्पनीका मालिक थिए । कतिपय पुराना मिस युनिभर्सहरुले ट्रम्पको तारिफ गरेका छन् ।  कतिपयले उनीमाथि पटक पटक यौन दुव्र्यवहारको आरोप पनि लगाएका छन् । ट्रम्प विगतमा ’द एप्रिनटेस’ नामक टेलिभिजन सो समेत सञ्चालन गर्थे । यसले उनलाई सेलिब्रेटी बनायो । सन् २००४ मा उनको शो अमेरिकामा प्रख्यात बन्यो ।  

ट्रम्प अमेरिकी राष्ट्रपति बने भने पहिलोपटक गभर्नरको रुपमा कहिल्यै काम नगरेका व्यक्ति अमेरिकी राष्ट्रपति बन्नेछन् । उनले सबैभन्दा धेरै उमेरमा राष्ट्रपति बन्ने रेकर्ड समेत राख्नेछन् ।

एजेन्सीहरुको सहयोगमा