Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

अब बैंक तथा वित्तीय संस्थामा पनि श्रम ऐन आकर्षित हुने

२०८० भाद्र १७ गते

बैंकिङ खबर/ सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाहरुमा समेत श्रम ऐन आकर्षित हुने भनी व्याख्या गरेको छ । प्राइम कमर्सियल बैंकले एक कर्मचारीलाई कारवाही गरेको विषयमा सर्वोच्च अदालतले बैंक तथा वित्तीय क्षेत्रमा समेत श्रम ऐन आकर्षित हुने ठहर गरेको हो ।
पदीय आचरण विपरीत काम गरेको आरोपमा बर्खास्त परेका कर्मचारीको पुनर्बहालीको विवाद निरुपणका क्रममा सर्वोच्च अदालतले संविधानमा नै सामाजिक न्याय र श्रमिकको हक अधिकार सुनिश्चित गरेकाले बैंक तथा वित्तीय संस्थाहरुमा श्रम ऐन नै आकर्षित हुने भनी व्याख्या गरेको हो ।
सर्वोच्च अदालतले हालै सार्वजनिक गरेको पूर्णपाठमा भनिएको छ, ‘नेपालको संविधान जारी हुनुपूर्व श्रम ऐन, २०४८ लगायतका अन्य श्रम कानुन सरकारी निकायमा कार्यरत कर्मचारी उपर लागु गरिएको देखिँदैन । निजी तथा गैरसरकारी क्षेत्रको हकमा भने केहि अपवाद बाहेक श्रम ऐन लागु गरिएको देखिन्छ ।’

बैंक तथा वित्तीय संस्थाहरुमा पनि श्रम ऐन लागू हुने अनि श्रम अदालतको क्षेत्राधिकार आकर्षित हुने भन्दै सर्वोच्च अदालतले बैंकले बर्खास्त गरेकी कर्मचारीलाई पुनर्बहाली गर्न दिएको आदेश सदर गरेको हो ।