Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

राष्ट्रपति र गभर्नरबीच भेटवार्ता, कृषि कर्जाका विषयमा छलफल

२०८० भाद्र ८ गते

बैंकिङ खबर/ राष्ट्रपति रामचन्द्र पौडेल र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच भेटवार्ता भएको छ। राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलसँग गभर्नर अधिकारीले भेटवार्ता गरेका हुन्। भेटमा गभर्नर अधिकारीले मुलुकको अर्थतन्त्रको पछिल्लो अवस्थाबारे जानकारी गराएको राष्ट्रपतिको निजी सचिवालले जनाएको छ।

भेटवार्तामा राष्ट्रपति पौडेलबाट बैंकहरुले कृषि क्षेत्रमा कम कर्जा प्रवाह गरिरहेको गुनासो आइरहेकोप्रति चिन्ता व्यक्त भएको बताइएकाे छ । राष्ट्रपतिबाट कृषि क्षेत्रलाई बढावा दिन बैंकहरुबाट प्रवाह हुने कर्जाका विषयमा राष्ट्र बैंकले अनुमगन गर्नुपर्ने सुझाव पनि गभर्नर अधिकारीलाई दिइएको बताइएकाे छ ।