Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

घर–जग्गाको कारोबारः लोन टु भ्यालु रेसियो ७० प्रतिशत पुर्‍याउन आग्रह

२०८० भाद्र ६ गते

बैंकिङ खबर/ घर–जग्गाको कारोबारलाई गति दिन कर्जा सहजीकरणका लागि नेपाल जग्गा तथा आवास विकास महासंघको टोलीले आज नेपाल बैंकर्स संघ (एनबीए)सँग छलफल गरेको छ। घर–जग्गाको कारोबारमा मन्दी आउँदा समग्र अर्थतन्त्रमै असर पर्ने भन्दै महासंघको टोलीले एनबीए अध्यक्ष सुनिल केसीसहतका पदाधिकारीसँग छलफल गरेको हो ।

छलफलमा आफूहरुले घर–जग्गाको कारोबारलाई प्रोत्साहन गर्न बैंकहरुले सहजीकरण गर्न आग्रह गरेको महासंघका महासचिव विष्णुप्रसाद घिमिरेले बताए। महासचिव घिमिरेले लोन टु भ्यालु रेसियो ७० प्रतिशत पुर्याउन बैंकरहरुसँग आग्रह गरिएको बताए।

महासचिव घिमिरेका अनुसार बैंकहरुले फरक–फरक ढंगले घर–जाग्गाको फेयर मार्केट भ्यालु अर्थात सरकारी मूल्यांकन र चलनचल्तीको दरलाई आधार मानेर निकालिने रकम तय गर्ने काम बन्द गर्नुपर्ने महासंघले सुझाव दिएको छ।एनबीए अध्यक्ष केसीबाट लोन टु भ्यालु रेसियोका विषयमा छलफल गरेर अगाडि बढ्ने प्रतिबद्धता पाएको महासचिव घिमिरेले बताए।