Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

धितोपत्र निष्कासन नियमावली संशोधन गर्न स्वीकृति

२०८० भाद्र ६ गते

बैंकिङ खबर/ सरकारले धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ११६ को उपदफा १ अनुसार नेपाल धितोपत्र बोर्डलाई धितोपत्र निष्कासन नियमावली २०८० संशोधन गर्न स्वीकृत प्रदान गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले नियमावली संशोधन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

त्यस्तै बैठकले बैठकले धुलिखेल अस्पताल ट्रमा तथा आपतकालीन केन्द्र सुधार परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी यान ३ अर्ब २९ करोड ६० लाख अनुदान सहायता स्वीकृति गर्ने निर्णय पनि गरेको छ । यी दुवै निर्णय अर्थ मन्त्रालयको प्रस्तावमा गरिएको हो ।