Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

७.७४ प्रतिशतले बढ्यो महंगी

२०८० भाद्र ३ गते

बैंकिङ खबर/गत आर्थिक वर्षमा नेपालमा महंगी ७.७४ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८० मा उपभोक्ता मुद्रास्फीति उक्त दरले बढेको हो।

अघिल्लो आर्थिक वर्षमा मुद्रास्फीति दर ६.३२ प्रतिशत रहेको थियो। यस वर्ष सबैभन्दा धेरै महँगी खाद्य तथा पेय पदार्थमा बढेको छ। समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत रेस्टुरेन्ट तथा होटल उप–समूहको मूल्यवृद्धि १४.४२ प्रतिशतले मूल्य बढेको छ।

त्यस्तै मरमसलामा १२.५० प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थमा १०.७० प्रतिशत महँगी बढेको छ। सुर्तीजन्य पदार्थमा ९.८८ प्रतिशत र दूग्ध पदार्थ तथा अण्डाको ९.२३ प्रतिशत बढेको छ ।

त्यस्तै गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायात उप–समूहमा १३.५० प्रतिशत, मनोरञ्जनमा १०.१८ प्रतिशत मूल्य बढेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ। स्वास्थ्यमा १०.०१ प्रतिशत, शिक्षामा ८.७९ प्रतिशत र घरायसी उपयोगका वस्तुहरूमा ८.६५ प्रतिशत मूल्यवृद्धि भएको छ ।