Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

एक वर्षमा अध्ययनका लागि नेपालीले विदेशमा लगे १ खर्ब

२०८० भाद्र १ गते

बैंकिङ खबर/ नेपाली विद्यार्थीले विदेशमा अध्ययनका लागि १ खर्ब रुपैयाँ बाहिर लगेका छन्। राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको गत आर्थिक वर्षको तथ्यांकमा अघिल्लो वर्षको तुलनामा बाहिरिएको रकम ३२ अर्ब ३० करोड रुपैयाँले बढेको हो।

शिक्षातर्फ व्यय १ खर्ब ४२ करोड भएको छ भने अघिल्लो वर्ष ६७ अर्ब ७० करोड रहेको थियो। समीक्षा वर्षमा सेवा खाता अन्तर्गत भ्रमण व्यय ४८.४ प्रतिशतले वृद्धि भई एक खर्ब ४४ अर्ब ४६ करोड पुगेको छ जबकी अघिल्लो वर्ष ९७ अर्ब ३२ करोड रहेको छ।

वस्तुसँगै आर्थिक वर्ष २०७९/८० मा खुद सेवा आय ८३ अर्ब ८५ करोडले घाटामा रहेको छ।

नेपालमा पर्यटक आगमन बढ्दा आम्दानी बढेको छ। समीक्षा वर्षमा सेवा खाता अन्तर्गत भ्रमण आय ८९.६ प्रतिशतले वृद्धि भई ६१ अर्ब ५२ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आय ३२ अर्ब ४५ करोड रहेको थियो।