Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सरकारी बैंकले नै ब्याज बढाएपछि असन्तुष्ट अर्थमन्त्री

२०८० भाद्र १ गते

बैंकिङ खबर/  तीन सरकारी बैंकले नै बढी ब्याज बढाएपछि अर्थमन्त्री डा. प्रकाशशरण महत असन्तुष्ट भएका छन् । नेपाल बैंक लिमिटेड, कृषि विकास बैंक र राष्ट्रिय बाणिज्य बैंकले निजी क्षेत्रले प्रवद्र्धन गरेका बैंकभन्दा बढी ब्याज बढाएपछि अर्थमन्त्री डा. महत असन्तुष्ट भएका हुन् ।

बिहीबार ब्याजदर बढाउने निर्णय गर्दै सरकारी बैंकले सूचना प्रकाशित गरेपछि असन्तुष्ट बनेका अर्थमन्त्री डा. महतले तीनवटै बैंकका प्रमुख कार्यकारी अधिृकत (सीईओ) लाई अर्थ मन्त्रालयमा छलफलका लागि बोलाएका छन् । भदौ महिनामा सरकारको स्वामित्वमा रहेको नेपाल बैंक लिमिटेडले सबैभन्दा बढी ब्याज बढाएको थियो ।

बैंकले साउन महिनाको तुलनामा भदौमा संस्थागत मुद्दती निक्षेप र व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर १.९०६ प्रतिशत विन्दुले बढाएको छ । साउनमा बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ८.९९ प्रतिशत र संस्थागत निक्षेपमा ६.९९ प्रतिशत ब्याज दिएको थियो। बैंकले भदौमा साउनको तुलनामा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर २१.२० प्रतिशत र संस्थागत मुद्दती निक्षेपको २७.२६ प्रतिशतले ब्याजदर बढाएको छ ।

ब्याजदर धेरै बढाउने बैंकको दोस्रो नम्बरमा पनि सरकारी स्वामित्वको कृषि विकास बैंक रहेको छ । बैंकले भदौ महिनामा व्यक्तिगत मुद्दती निक्षेप र संस्थागत मुद्दती निक्षेपको ब्याजदर १.३८६ प्रतिशत विन्दुले बढाएको छ । कृषि विकास बैंकले साउनमा व्यक्तिगत मुद्दती निक्षेपमा ९.५१ प्रतिशत र संस्थागत मुद्दती निक्षेपमा ७.५१ प्रतिशत ब्याज दिएको थियो।

भदौमा कृषि विकासले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर १४.५७ प्रतिशतले बढाउँदै १०.८९६ प्रतिशत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर १८.४६ प्रतिशतले बढाउँदै ८.८९६ प्रतिशतले पु¥याएको छ ।

पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेप र संस्थागत मुद्दती निक्षेपको ब्याजदर १ प्रतिशत विन्दुले बढाएको छ ।

भदौमा राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ११.१२ प्रतिशतले बढाउँदै ९.९९ प्रतिशत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर १४.३१ प्रतिशतले बढाउँदै ७.९९ प्रतिशत कायम गरेको छ ।