Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

लघुवित्तबाट ऋण लिनेहरू कहिल्यै पीडित हुँदैनन् : राष्ट्र बैंक

२०८० भाद्र १ गते
फाइल फोटो

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले लघुवित्तबाट पीडित भएको भन्दै आन्दोलन गर्नु गलत भएको बताएका छन् ।

आईबीएन मिडिया एन्ड रिसर्चले काठमाडौंमा आयोजना गरेको ‘लघुवित्त क्षेत्रका वर्तमान समस्या, चुनौती र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा नेपालले लघुवित्तबाट पीडित भएको भन्दै आन्दोलन गर्नु गलत भएको बताए ।

उनले भने, ‘ऋण लिएपछि तिर्नै पर्छ । लघुवित्तबाट ऋण लिनेहरू कहिल्यै पीडित हुँदैनन् । गलत हल्ला चलाइँदै छ,। ऋण लिएर विलासिताका बस्तु किन्ने गरेको पनि देखिएको छ । त्यो बेचेर पनि ऋण तिर्न सकिन्छ । लघुवित्तले गरिब बनाउँदैन, गरिबी हटाउँछ ।’