Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बिओके र ग्लोबल आइएमई क्यापिटलले भदौ ४ गतेदेखि एकिकृत कारोबार गर्ने

२०८० श्रावण ३२ गते

बैंकिङ खबर/ बिओके क्यापिटल लिमिटेड र ग्लोबल आइएमई क्यापिटल लिमिटेडबीच मर्जर प्रक्रिया पुरा गरी भदौ ४ गतेदेखि एकिकृत कारोबार सुरू गर्ने भएका छन् । यी दुबै क्यापिटलले मर्जर सम्बन्धी प्रस्ताव असार ३ गते विशेष साधारण सभामार्फत पारित गरेका थिए ।

कम्पनी रजिष्ट्रारको कार्यालयबाट साउन २९ गते मर्जरका लागि स्वीकृति प्राप्त भएसँगै दुबै कम्पनीको साउन ३० गते बसेको सञ्चालक समितिको बैठकले एकिकृत कारोबारका लागि मिति तय गरेका हुन् ।

बिओके क्यापिटलको १ कित्ता शेयर बराबर ग्लोबल आइएमई क्यापिटलको शून्य दशमलव ५३ कित्ता शेयर आदानप्रदान गर्दै यी दुई कम्पनी एक हुन लागेका हुन् । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू एक भएसँगै दुबै बैंकका सहायक कम्पनी समेत एक हुन लागेका हुन् ।