
बैंकिङ खबर/ विकास बैंकहरुले भदौमा ब्याजदर नघटाउने भएका छन् । विकास बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ)हरुबीच अनौपचारिक रुपमा यस्तो सहमति बनेको हो ।
राष्ट्रिय स्तरका विकास बैंकका एक सीइओका अनुसार भदौका लागि निक्षेपको ब्याजदर नघटाउने र सकेसम्म साउनकै दरलाई निरन्तरता दिने सहमति बनेको छ ।
विकास बैंकहरुले साउनकै दरलाई निरन्तरता दिने अनौपचारिक सहमति गरे पनि कतिपय वाणिज्य बैंकका सीइओ भने निक्षेप जोगाउनका लागि ब्याजदर बढाएर जानुपर्ने निष्कर्षमा पुगेका छन् ।


